सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेडबुल कम्पनीको डिलर इन्चार्ज मृत फेला

२०८१ असार २२, ०७:५८ खबर संवाददाता

काठमाडौँः सिन्धुलीको एक होटलको कोठामा एक व्यक्ति मृत फेला परेका छन्।

सिन्धुली कमलामाई–६ राममाडीस्थित मुस्कान होटलको दोस्रो तलाको १०३ नम्बरको कोठामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–६ बस्ने ४१ वर्षीय नारायण बोहोरा मृत फेला परेका हुन्। उनले गत माघदेखि उक्त होटलको कोठा भाडा लिएर बस्दै आएका थिए। प्रहरीका अनुसार उनी ओखलढुंगा, सिन्धुली, सोलुखुम्बु र खोटाङको रेडबुल कम्पनीको डिलर इन्चार्ज हुन्।

शुक्रबारदेखि उनलाई सम्पर्क गर्दा फोन सम्पर्क नभएपछि कम्पनीको स्टाफ होटलमा आउँदा ढोका ढक्ढक्याउँदा पनि ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो। खबर पश्चात प्रहरी चौकी ढुंग्रेवास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षकको कमाण्डमा समेत टोली खटेर ढोका खोल्दा उनी घोप्टो परी सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले बताए।
 

कमेन्ट लोड गर्नुस