गौरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते
धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलमा पुर्वबाट पश्चिम तर्फ आइरहेको मोटरसाइकल बुधवार साँझ दुर्घटना भएको हो। सडकमा आएको गाईलाई बचाउने क्रममा सुदुरपश्चिम प्रदेश ०१०२ प ९९८ नम्बरको मोेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परेर गौरीगंगा–२ का मोेटरसाइकल चालक मीन देउवा र पछाडि सवार लोकबहादुर कुँवर घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएका कुँवर सामान्य उपचारपछि डिस्चार्ज भइसकेको र चालक देउवाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।