कैलालीमा भुसा र पराल राखेको गोठमा आगलागी
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Gamgadhi-aaglagi1_1.jpg?itok=Iio-SU_c)
धनगढीः कैलालीमा भुसा र पराल राखेको गोठमा आगलागी भएको छ। जिल्लाको गोदावरी नगरपालिका-१० खमौराका कर्णबहादुर मल्लको भुसा, पराल राखेको गोठमा सोमवार आगलागी भएको हो।
गोठमा आगलागी हुँदा गोठ भित्र रहेका प्लाष्टिकको खाली क्रेट, डिजलका खाली ड्रम, काठ, भुसा, पराल लगायतका सामान गरी अन्दाजी ४ लाख ६१ हजार ६६० मुल्य बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उक्त आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2024-06-30 at 9.17.06 PM.jpeg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![add BALMIKI](https://dineshkhabar.com/sites/default/files/WhatsAppVideo2024-07-04at6.16.47PM-ezgif.com-video-to-gif-converter.gif)