धनगढीमा यी तीनवटा खोला किनारमा बन्नेछ ‘ग्रीनबेल्ट’सहितको करिडोर
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले तीनवटा खोला किनारमा ‘ग्रीनबेल्ट’सहितको करिडोर बनाउने भएको छ।
उपमहानगर क्षेत्रभित्रका कैलाली नाला, सुकुटी नाला र शिवनगर खोला किनारमा फुटपाथ तथा ‘ग्रीनबेल्ट’सहितको करिडोर निर्माण गरिने भएको छ। करिडोर निर्माण गर्न र धार्मीक पर्यटकीय क्षेत्र जोड्न साइकल ट्याक निर्माण गर्ने कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा तीनवटा खोला किनारमा फुटपाथ र ‘ग्रीनबेल्ट’सहितको करिडोर निर्माण गर्न डिपीआर तयार गरिने विषय उल्लेख छ। ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवद्र्धन र सौन्दर्यीकरणमा बढी जोड दिने गरिएको छ। यसबाट वातावरणमा स्वच्छता कायम हुनुका साथै आन्तरिक पर्यटकमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
सहरी सुन्दरता कायम गर्न र प्रदुषण घटाउन वृक्षारोपण समेत करिडोरमा गरिनेछ। कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनार तथा वडा नम्बर ४, ५, ६ र १३ का सामुदायिक वन क्षेत्र हुँदै बग्ने नदी किनारमा साइकल ट्रयाक निर्माण गरिने विगत वर्षका नीति तथा कार्यक्रमा समावेश हुँदै आए पनि काम हुन सकेको थिएन। धनगढीमा खोलानाला तथा सामुदायिक वनहरुको अतिक्रमण रोक्न र पर्यटन क्षेत्रको विकासका लागि साइकल ट्रयाक निर्माणको नीति महत्वपूर्ण भएपनि लामो समयदेखि र्काान्वयनमा भने आउन सकेको छैन्।