सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टर दुर्घटना हुँदा डोटीमा चालकको मृत्यु

२०८१ असार १५, १२:५२ खबर संवाददाता

डोटीः ट्याक्टर दुर्घटना हुँदा डोटीमा चालकको मृत्यु भएको छ।

जिल्लाको सायल गाउँपालिका–४ डौडमा ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ४६ वर्षीय चालक रामकृष्ण डगौराको मृत्यु भएको हो।

शनिबार भे २ च १७६० नम्बरको ट्याक्टर सायलमा निर्माणाधीन १० शय्याको अस्पतालमा सामान पुगाएर फर्किने क्रममा भाँतला भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस