इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत खस्यो
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/bb_23.jpg?itok=sqPV4Pvd)
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किँदा ६ जना घाइते भएका छन्।
शुक्रबार बिहान भारी वर्षा भइरहँदा विमानस्थलको टर्मिनलतर्फको छत खस्दा ६ जना घाइते भएका हुन्। बिबिसीका अनुसार टर्मिनलको छत त्यहाँ रहेको ट्याक्सी र कारमाथि खसेको हो। कार र ट्याक्सीमा रहेका केही मानिसहरू घाइते भएका हुन्।
छतलाई अड्याएर राखिएको बिमसमेत भत्किँदा त्यहाँ पिक अप र ड्रप गर्न आएका गाडीहरू समेत दुर्घटना भएका छन्। नागरिक उड्ड्यन मन्त्री के राममोहन नायडूले घाइतेहरूलाई अस्पताल लगिएको छ। विमानस्थलका प्रवक्ताले भारी वर्षाका कारण ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको बाहिरी भाग खसेको बताउँदै घाइतेहरूको उपचार भइरहेको बताएका छन्। घटनापछि मौसम टर्मिनल १ को सबै उडान रोकिएका छन्। सुरक्षा संवेदनशीलताका कारण चेक इन काउन्टर पनि बन्द गरिएको बताइएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2024-06-30 at 9.17.06 PM.jpeg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)