सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको गुलरीयामा लागुऔषध विरुद्ध र्‍याली

२०८१ असार १३, १०:१५ खबर संवाददाता

धनगढी : कञ्चनपुरको गुलरीयामा लागुऔषध विरुद्ध र्‍याली निकालिएको छ। इलाका प्रहरी कार्यालय, खुलरीयाले सप्ताव्यापी रुपमा लागुऔषध दुरुपयोग र ओसारपसार विरुद्धको कार्यक्रम गरेको हो।

अन्तरराष्ट्रिय लागुऔषध विरुद्धको दिवसमा अवसरमा कार्यक्रम गरिएको छ। कार्यक्रममा प्रहरीसँगै स्थानीय र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रहरीले जनचेतनाका लागि र्‍यालीको आयोजना गरेको हो।

 

कमेन्ट लोड गर्नुस