सुदूर नेपाललाई विश्वसँग जोड्दै

"मेरा कर्मी बा"

२०८१ असार १३, ०९:५३

✍️कविता जोशी ः

मेरा 'बा'

बा ले हारेकाे कुनै पल देखिन,

भाग्यसङ्ग हारेनी कर्म सङ्ग हारेनन्,

`बा´ कर्मी हुन्।

बा ले कहिल्यै देवीदेवता पूजेनन्।

`बा´ मिहिनेती छन्

भन्छन् कर्ममा विश्वास गर्नेको सधैँ भलो हुन्छ।

तर, आफ्नै कर्मलाई दोषारोपण गर्छन् ॥

 

आमा भन्थिन्

तेरा बाकाे भाग्य छैन, कहिल्यै ठगिन्छन्

कर्मले ढाड सेकेकी फल कहिले पाउँदैनन्।

खाेइ किन बा ले याे कुरा स्वीकारेनन्

माटाेमै सुनै फलाउछु भन्छन्

सधैं दिवा सपना देख्छन् मेरा 'बा'

जहिल्यै माटाेलाई पुज्छन्

धर्ममा हाेइन कर्ममा पाे विश्वास गर्छु भन्छन् ॥

मेरा `बा´

जुर्मुराउँदै अधि रातमै उठ्छन्

आफैँ बिहान, बेलुका पुजिएर

त्यही पसिनाले भिजाउँछन् माटाे

हुनसक्छ बा का बालीमा लागेका

किराहरूलाई कर्मले नि टार्न सकेन्

अनि थपिन्छ अर्काे खाता

मेरा बाकाे थाप्लाेमा॥

बा काेट पुरानाे भयाे भन्दा,

तेराे लागि नयाँ लुगा किन्दिन्छु पाे भन्छन् ।

आमाकाे चाेली फेराै न भन्दा,

तेरी आमालाई टालेकै चाेली सुहाउँछ पाे भन्छन् ।

जहिलेै ढाट्छन् मेरा 'बा,

आफूलाई एक गाँस ले पेट भरियाे भन्छन् ।

मलाई पेटभरी खाना खा है

स्वस्थ पाे ठुलाे धन हो भन्छन् ।।

`बा´

मन्दिरमा फुल चढाउन मान्दैनन्।

फूल फुलाउनमा पाे बिश्वास गर्छु भन्छन्

आफू पनि माटाे जस्तै भएका छन्

अनि त माटाेमै माटोले आकार काेर्छन्

कहिल्यै सुक्छन् कहिले फुक्छन्

सबै सहन्छन् दु:ख,पिडा,भाेक, तिर्खा

अनि पो कहन पाइन्छ भन्छन्

मेरा `बा´

मलाई त लाग्छ माटाे जस्तै छन् ।

अडिग अटल अनि निडर,

हातले फुर्सद नि पाउदैनन् कहिल्यै,

निधारले पनि पसिना पाेख्छन् ।

कर्म गर्न साह्रै सिपालु छन् मेरा 'बा',

सदाबहार नदि झै शान्त बगीरहन्छन्

मेरा कर्मी बा ´मेरा प्यारा बा´ ॥

कमेन्ट लोड गर्नुस