कञ्चनपुरमा सवारी चालक अनुमतिपत्रबाट ७४ लाख राजस्व सङ्कलन
कञ्चनपुरः सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन्।
यातायात व्यवस्था कार्यालयका अनुसार मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप÷कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व सङ्कलन भएको छ।
उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ। गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो।