एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/a4cbfb0a-0c6b-4835-b216-ca866d54b4e6.jpeg?itok=nFxcUDAm)
धनगढी: माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ ।
एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ । बोर्डले नजिता प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ ।
बोर्डले नतिजा प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।
गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2024-06-30 at 9.17.06 PM.jpeg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)