सुदूर नेपाललाई विश्वसँग जोड्दै

इमान्दार भएर नागरिकको सेवा नगर्ने कर्मचारीलाई दण्ड दिइन्छ : मन्त्री पण्डित

। फोटो स्रोत ।
२०७६ जेठ १९, ०५:१०

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्दरहड्ताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै  इमान्दार भएर नागरिकको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने बताए।

उनले भने, ट्रेड युनियनमा आबद्ध हुने कर्मचारीहरुले डयूटी नगरे पनि हुने मान्यता सरकारलाई स्विकार्य हुँदैन। ट्रेड युनियनमा आबद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारी सरह हुनुपर्ने माग जायज नभएको बताए।
 

कमेन्ट लोड गर्नुस