सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार कञ्चनपुरकी नेहा पक्राउ 

२०८१ असार १०, ०७:२१ खबर संवाददाता

कञ्चनपुरः लागूऔषध मुद्दामा फरार कञ्चनपुरकी नेहा सार्की पक्राउ परेकी छिन्।

कञ्चनपुर जिल्ला अदालतको मिति २०८० चैत्र १३ गतेको फैसलाले लागूऔषध मुद्दामा २० दिन कैद भुक्तान गर्न बाँकी भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने सार्कीलाई आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो। सार्कीलाई अदालतमा पेश गरी सजाय भुक्तानको लागि कारागार चलान भएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस