कञ्चनपुरमा साढे सात लाख मूल्यका अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा साढे सात लाख बढी मूल्यका अबैध सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले अन्दाजी ५ लाख ६८ हजार ८ सय र अस्थाइ प्रहरी पोस्ट गजरौलाले अन्दाजी १ लाख ९० हजार गरि जम्मा ७ लाख ५८ हजार ८ सय ५८ मुल्यको बेल्ट, पञ्जा, मोटरसाइकल थान १ सुर्ती, बिडी लगायतका किराना सामान बरामद गरी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।