सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट एकैदिन १० लाख बढीको सामान बरामद

२०८१ असार ७, ०७:२५ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन १० लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी उपमहानगरपालिका–३ मिलनचोक, धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाट, धनगढी उपमहानगरपालिका–१९ खेदाघाट, गोदावरी नगरपालिका–१ धनगढी रोड, टीकापुर नगरपालिका–९ बालुवाटार, भजनी नगरपालिका–७ हिम्मतपुर र कैलारी गाउँपालिका–७ हौसलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी .१ लाख ५० हजार ४४० मूल्य बराबरको सामान बिहीवार बरामद गरिएको हो।

उक्त स्थानबाट चिनी, पेय पदार्थ, सुर्ती, बिडी, कुर्ती, मेक्सी, चप्पल, बिषादी, कुरकुरे, माछा, बोइलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक, कृष्णपुर नगरपालिका–५ चौराहा र दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८ लाख ५९ हजार ७०० मूल्य बराबरको सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

उक्त स्थानबाट पेय पदार्थ, सुर्ती, बिडी, छाता, कपडा, सकेट, नल्काको ढक्कन, नल्काको हथ्था, हार्डवेयरको सामान, किरानाको सामान, विभिन्न कम्पनीका बेल्ट, विभिन्न कम्पनीका हातमा लगाउने पञ्जा, मोटरसाइकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार र आज (शुक्रवार) बिहान उक्त सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।    

कमेन्ट लोड गर्नुस