सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा करेन्ट लागेर एक युवक घाइते

२०८१ असार ६, ०९:४६ खबर संवाददाता

बाजुराः  बाजुरामा विद्युतको तार मर्मत गर्ने क्रममा  करेन्ट लागेर एक युवक घाइते भएका छन्।

जिल्लाको बडीमालिका नगरपालिका–९ कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ कालोतार विस्तार गर्ने क्रममा करेन्ट लागेर एक युवक घाईते भएका हुन्। घाईते हुनेमा त्रिवेणी  नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद रहेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी रविन्द्रसिंह कार्कीले बताए।

जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ। करेन्ट लागेर घाईते भएका साउँदको अवस्था मध्यम रहेको छ।
 

कमेन्ट लोड गर्नुस