सुदूर नेपाललाई विश्वसँग जोड्दै

पञ्चकन्या स्टिललाई ग्रिन प्रो प्रमाणपत्र

२०८१ असार ५, ०८:२६ खबर संवाददाता

काठमाडौँ: पञ्चकन्या स्टिल प्रा. लि.ले गर्वका साथ घोषणा गर्दछ कि यसको ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड)हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ। 

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआईआई–सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ। यो प्रमाणपत्र ग्रहण पश्चात् पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्ने जनाएको हो।

ग्रिनप्रो इकोलेबललाई ग्लोबल इकोलेबललिङ नेटवर्कद्वारा जेनिसेश(जेन्स्)को अन्तर्देशीय रूपमा समन्वित इकोलेबललिङ प्रणाली मार्फत मान्यता प्राप्त छ। पञ्चकन्या स्टिलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू भैरहवामा निर्माण हुन्छ।

कमेन्ट लोड गर्नुस