लागुऔषध विरुद्धको सत्संग हुने
धनगढीः धनगढीबाट लागुऔषध विरुद्धको सत्संग सुरू हुने भएको छ।
जेठ १२ गतेबाट सत्य सेवा प्रतिष्ठानले लागुऔषध दुर्व्यसन विरुद्धको सत्संग सुरू गर्ने भएको हो। बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका अध्यक्ष सत्यराज अवस्थीले युवाहरूलाई लागुऔषधको दलदलबाट बाहिर ल्याउन सत्संग गर्ने बताए। उनले ध्यान, भजन, प्रवचन र अन्य मनोपरामर्शको माध्यम दुर्व्यसनमा फसेकाहरूलाई मुक्त हुन सहयोग गर्ने बताएका छन्।
अध्यक्ष अवस्थीले स्थानीय सरकार, विभिन्न संघ, संस्था र समुदायसँगको सहकार्यमा लागुऔषध विरुद्ध जनचेतना जगाउन सत्संग गरिने बताए। उनले समुदायको आवश्यकता र मागको आधारमा कार्यक्रम चलाउने बताएका छन्।
पत्रकार सम्मेलनमा लागुऔषध विरुद्धको अभियानलाई सहयोग गर्ने पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताएका छन्।