सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

२०८३ जेठ २५, ०७:०४ खबर संवाददाता

धनगढीः धनगढीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–२ मिलनचोक बस्ने ३१ वर्षीय गोपाल साउदको आईतबार दिउँसो आफ्नै तिन तले घरको छतबाट लडेर मुत्यृ भएको हो। साउद छतबाट लडेर गम्भिर घाइते भएपछि उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा आईतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस