सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामानसहित ३ जना पक्राउ 

२०८१ जेठ ५, ०९:४९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित ३ जना पक्राउ परेका छन्।

बिनाको नम्बर पिलेटको ट्याक्टर १ थानसहित पुनर्वास नगरपालिका–८ बस्ने ३५ वर्षीय रमेश राना (चालक), २९ वर्षीय प्रमोद राना र १८ वर्षीय बसन्त रानालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध सामानसहित आज (शनिवार) पक्राउ गरेको हो।

तीनै जनालाई पुनर्वास नगरपालिका–८ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख ६३ हजार ९ सय मूल्य बराबरको अबैध बोईलर कुखुराको चल्ला ५८ कार्टुनसहित नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका–१ भासि, भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक, पुनर्वास नगरपालिका–११ डोकेबजार, गुम्बा र बेलडाँडी गाउँपालिका ३ बलराम टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३ लाख ४० हजार २३० मूल्य बराबरको सामान बरामद गरेको छ।

उक्त मुल्य बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, चप्पल, अचार, चामल, नरिवल, फिल्टर, कट्टु, भेष्ट माला, सुटपिस, खुर्सानी, तिल, तावा, प्लाष्टिक झिल्ली, गाडीको क्लोज पिलेट, सिघ्रा मिक्सर मोटर, इलेक्ट्रीक मधानि मेसिन, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस