कैलाली मोडेलका विद्यार्थीले गरे समुदायमा सरसफाइ
२०८१ जेठ ४, ०९:५३
धनगढीः कैलाली मोडेलका विद्यार्थीले समुदायमा सरसफाइ गरेका छन्।
शुक्रवार विद्यालयका विद्यार्थीहरूले विद्यालय क्षेत्र वरपरको पाँच सय मिटर क्षेत्रमा सरसफाइ गरेका हुन्।
धनगढी उपमहानगरपालिकाको आग्रहमा धनगढीका विद्यालयहरूले विद्यालय क्षेत्र वरपर करिब पाँच सय वर्ग मिटर क्षेत्रभित्र नियमित सरसफाइ गर्नुपर्ने समझदारी भएको छ। त्यही समझदारी अनुसार शुक्रवार कैलाली मोडेल माध्यमिक विद्यालयले आफ्नो विद्यालय वरपरको क्षेत्रमा सरसफाइ गरेको हो।
कमेन्ट लोड गर्नुस