सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट दुई लाख बढीको तस्करीको सामान बरामद

२०८१ जेठ ४, ०५:०० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले दुई लाख बढीको तस्करीको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका विभिन्न प्रहरी चौकीले भन्सार  छलिको सामान बरामद गरेको हो।

त्रिभुवनबस्तिले ३९ हजार ८ सय, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ३० हजार ४९०, प्रहरी  चौकी परासनले  १३ हजार ३९० मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ। यस्तै प्रहरी चौकी  खड्डाकंकडले ७ हजार दुई सय,गड्डाचौकी प्रहरीले ७३ हजार ७९० र बेलौरीले ६५ हजार चार सय मुल्य बराबरको सामान बरामद गरेको छ।

बरामद गरेको अन्दाजी २ लाख ३० हजार मुल्य बराबरका चप्पल, कपडा, किरानाका सामान, घाँसको बिउ , पोलथिन लगाएतका सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस