कैलालीका दुई फरार दोषी पक्राउ
धनगढीः कैलालीका दुई फरार दोषी पक्राउ परेका छन्।
सवारी ज्यान मुद्दामा २ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–५ का रोशन पन्त र वन ज्यान मुद्दामा ३४ हजार ८७४ जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका–१ का जनक हमाल पक्राउ परेका हुन्।
अदालतबाट दोषी ठहर तर फरार रहेका दुबै जनालाई मंगलवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए। दोषी ठहर दुबै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ।