सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८३ जेठ १३, ०७:१३ खबर संवाददाता

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिका–२ बर्दगोरियाबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–१ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा, १८ वर्षीय एक किशोर तथा घोडाघोडी नगरपालिका–६ बस्ने १९ वर्षीय अविशेक साउद रहेका छन्। मंगलबार साँझ ५०० मिलिग्राम खैरो हेरोइनसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस