सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालिका करणी कसूरमा कञ्चनपुरका एक युवकलाई १० वर्ष कैद

२०८० चैत्र २४, ०९:५२ खबर संवाददाता

धनगढीः एक १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुरका एक युवकलाई १० वर्ष कैद हुने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद सजायको फैसला गरिएको हो।

जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सुनारलाई बिहीवार (चैत्र २२ गते) कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिजवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला भएको जिल्ला अदालत कैलालीका शाखा अधिकृत कमल घलेले बताए।

पीडित बालिकालाई २०७९ कात्तिक ७ गते सुनारले करणी गरेको भन्दै पीडित पक्षले २०७९ कात्तिक १२ गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए। 

कमेन्ट लोड गर्नुस