सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट बाख्रासहित १ लाख बढीका सामान बरामद

२०८० चैत्र २२, ०८:१३ खबर संवाददाता

धनगढीः धनगढीबाट बाख्रासहित १ लाख बढीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट र धनगढी उपमहानगरपालिका–१० बनकट्टीघाट अबैंध रुपमा भारतबाट ल्याएका १ लाख ४ हजार १७० मूल्यको बाख्रासहित सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको प्याज,चिनी,मिश्री,सरफ,दाल,कुर्षी, ९ वटा बाख्रा लगायतका सामान बुधवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस