सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक प्रहरी जवान मृत फेला

२०८० चैत्र २२, ०७:२१ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन् ।

बुधवार साँझ प्रहरी जवान सुरज बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बिक धनगढी उपमहानगरपालिका–७ को जङ्गलमा मृत अवस्थामा भेटिएका हुन्। उनी बझाङमा कार्यरत थिए। बिक घरायसी कामको लागि बिदामा धनगढी आएको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस