सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ र इलाममा निर्वाचन अधिकृत तोकिए

२०८० चैत्र २१, १२:४८ खबर संवाददाता

काठ्माडौंः निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ।

इलामको प्रतिनिधिसभा सदस्य र बझाङमा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको आयोगले जनाएको छ। इलाम २ मा जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरे र प्रदेशतर्फ बझाङ १ को (१) मा जिल्ला न्यायाधीश सुदर्शन लामिछाने नियुक्त भएका छन्। भोलिदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।

२०७९ मंसिर ४ गते भएको चुनावमा इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र प्रतिनिधिविहीन छ। त्यस्तै, बझाङ क्षेत्र नम्बर १ को (१) मा नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको सवारी दुर्घटनामा ज्यान गएपछि सो क्षेत्र रिक्त छ।

कमेन्ट लोड गर्नुस