धनगढीमा बिष्ट दम्पतीको नर्सरीमा फूल्न थाले ८ हजार बोट सयपत्री
धनगढीः कैलालीको धनगढीमा विष्ट दम्पती फूल उत्पादनमा जमेका छन्।
धनगढी उपमहानगरपालिका–६ मटियारीका शंकरसिंह विष्ट र सुशीला विष्ट फूल उत्पादनमा जमेका हुन्। यो वर्षको बैशादेखि नै पुष्प खेती गर्दै आएका विष्ट दम्पती बाह्रै महिना फुल उत्पादन गर्ने गरी काम गर्दै आएका छन्। विष्ट दम्पतीको बारीमा अहिले ८ हजार बोट सयपत्री फुल्न थालेको छ। कात्तिक र पुस महिनामा रोपिएको फूलले असारसम्म उत्पादन दिनेछ।
धनगढीसहित सुदूरपश्चिमका अन्य क्षेत्रमा समेत फूलको आवश्यकता पूरा गर्न बिष्ट दम्पतीले विभिन्न प्रजातिका फूलको बेर्नासमेत राखेका छन्। यो वर्षको बैशाखदेखि धनगढीमा पुष्प खेती गरिरहेका बिष्ट दम्पतीले उपभोक्तालाई सबै महिनामा फूल उपलब्ध गराउने हिसाबले खेती थालेको बताएका छन्। बिष्ट दम्पतीको बारीमा अहिले आठ हजार बोट सयपत्री फूल्न थालेको छ। असोज र पुस महिनामा रोपिएको फूलले असारसम्म उत्पादन दिनेछ।
धनगढीसहित सुदूरपश्चिमका अन्य क्षेत्रमा फूलको आवश्यकता पूरा गर्न बिष्ट दम्पतीले विभिन्न प्रजातिका फूलको बेर्नासमेत राखेका छन्। बिष्ट दम्पतीले सिजन र अफसिजनमा फूल तथा फूलको बेर्ना उपलब्ध गराउने बताएका छन्। शंकरसिंह बिष्ट र सुशील बिष्टले गत बैशाखबाट पुष्प खेती सुरू गरेका हुन्। जग्गा लिजमा लिएर पुष्पखेती गरेका बिष्ट दम्पतीले असोज र पुसमा रोपेको सयपत्री फूलेको छ।
दैनिक बारीमा उत्पादन भएको फूलको माला बनाएर बिष्ट दम्पतीले बिक्री समेत गर्दै आएका छन्। अहिले ग्राहकलाई सय रुपैयाँका दरले सयपत्री फूलको माला बिक्री गरिरहेको शंकरसिंह बिष्टले बताए। ‘अहिले १४ कट्ठामा लगाएको सयपत्री फूल्न लागेको छ। तीन चार पटक फूल बिक्री भइसक्यो’, उनले भने, ‘हामीले उत्पादन गरेको फूल नगरपालिका परिसरमा रहेको फूल बिक्री केन्द्रबाट ग्राहकले खरिद गरिरहेका छन् भने केहीले बारीमै पुगेर लग्ने गरेका छन्।’
धनगढी उपमहानगरपालिका परिसरमा बिष्टसहितका धनगढीका अन्य किसानले उत्पादन गरेको फूल बिक्री केन्द्र रहेको छ। नगरपालिकाले उपलब्ध गराएको बिक्री केन्द्रमा ग्राहकले हरेक दिन फूल तथा फूलको माला खरिद गर्न पाउँछन्। त्यहाँ अन्य किसानले उत्पादन गरेको फूल पनि बिष्ट दम्पतीले बिक्री गर्दै आएका छन्। उनीहरूले धनगढीमा बाह्रै महिना फूल उपलब्ध गराउने बताएका छन्। ‘हामीले धनगढीमा बाह्रै महिना फूल उपलब्ध गराउने लक्ष्य राखेका छौँ।
वर्षभरि आफू पनि फूल उत्पादन गर्ने र धनगढीको उत्पादनले नपुग्ने अवस्थामा अन्यत्रबाट पनि फूल मगाएर आपूर्ति गर्ने हो’, उनले भने, ‘कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा समेत फूल, फूलको बिउ र बेर्ना उपलब्ध गराउन सकिन्छ।’
शनिवार दिउँसो मटियारी पुग्दा बिष्ट दम्पती बारीमै फूल गोडमेलमा व्यस्त थिए।
यो वर्षको दसैं र तिहारको लागि डेढ बिघामा पुष्प खेती गरेका बिष्ट दम्पतीले आउने दसैं र तिहारका लागि भने दुई बिघामा सयपत्री र सुपारी फूल लगाउने योजना बनाएका छन्। बिष्ट दम्पतीले फूल मात्रै बिक्री नगरेर फूलको बेर्ना समेत बिक्री गर्दै आएका छन्। नर्सरीमा सबै सिजनमा विभिन्न प्रजातिका फूलको बेर्ना समेत उत्पादन गरेर बिक्री गरिरहेको बिष्ट दम्पतीले बताएका छन्। न्यू बन्डोली नर्सरी कन्सर्न दर्ता गरेर बिष्ट दम्पतीले व्यावसायिक पुष्प खेती गर्न थालेका हुन्। उनीहरूले सयपत्री, मखमली लगायत विभिन्न प्रजातिका फूलका बेर्ना र नर्सरीबाट थरीथरीका आलङ्कारिक बिरुवाको बिक्री गर्दै आएका छन्।