सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा र कञ्चनपुर घर भएका दुई प्रहरीलाई सम्पर्कमा आउन ७ दिने सूचना

२०८० चैत्र १३, ०१:०६ खबर संवाददाता

धनगढीः  डडेल्धुरा र कञ्चनपुर घर भएका प्रहरी हवल्दार र प्रहरी सहायक निरीक्षकलाई ७ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले बिना सूचना कार्यालयमा अनुपस्थित रहेका डडेल्धुराको अजयमेरु गाउँपालिका–३ घर भएका प्रहरी हवल्दार डम्बरबहादुर चन्द र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ घर भएका प्रहरी सहायक निरीक्षक कमल रानालाई ७ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।

कमेन्ट लोड गर्नुस