सुदूरपश्चिमआञ्चल यातायात मजदुर भलाईकोषको अध्यक्षमा मुरलीधर
धनगढीः सुदूरपश्चिमआञ्चल यातायात मजदुर भलाईकोषको २८ औँ साधारण सभा तथा १२ अधिवेशनबाट १७ सदस्यी नयाँ समिति चयन गरिएको छ।
१२ औँ अधिवेशनबाट मुरलीधर बोहरा अध्यक्ष, गणेश शाही प्रशासन उपाध्यक्ष, डीबी मल्ल उद्धार उपाध्यक्ष चयन भएका छन्। जंग श्रीमाल महासचिव, मदन स्वार सचिव, करन चन्द कोषाध्यक्षमा चयन भएका छन्।
सदस्यमा राजेन्द्र भट्ट, दिलबहादुर धामी, नविन रावल, उपेन्द्रबहादुर खड्का, चैनसिँ थापा, विरेन्द्र मडै चयन भएका छन्। यस्तै सदस्यमा श्रवणकुमार चौधरी, योगेन्द्र गिरी,टेकराज भण्डारी, टेकबहादुर कलेल र कृष्ण गिरी रहेका छन्।