कञ्चनपुरबाट लाखौँ मुल्यको तस्करीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीले शुक्रवार अन्दाजी एक लाख ३२ हजार ८४० रुपैँया बराबरका कपडा, सुट, कुर्ती, धागो, कपास, साईकलको सामान, हार्डवेयरका सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष प्रकाश डाँगीले बताए।