सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

२०८० चैत्र ३, ०४:११ खबर संवाददाता

धनगढीः कैलालीमा लाइटर, औषधि र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।

No description available.

पूर्वबाट पश्चिम आउँदै गरेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा र बौनियाको बिचमा आगलागी भएको प्रहरी जनाएको छ। आगलागीबाट लाइटर, औषधि र खुर्सानी जलेको छ।

No description available.

अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। आगलागीको कारण भने खुलेको छैन्। आगो नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण आएको छैन्। प्रहरीका अनुसार झण्डै १० प्रतिशत लाइटर, औषधि र खुर्सानी जलेको छ। साथै आगलागीबाट ट्रकको अगाडीको भागमा क्षति पुगेको छ।

कमेन्ट लोड गर्नुस