बाजुराका हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ
बाजुराः बाजुराका हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत बाजुराको फैसलाले हातहतियार सम्बन्धी कसुर मुद्दामा २ हजार ८ सय जरिवाना ठहर भई फरार रहेका बुढीनन्दा नगरपालिका-८ बस्ने सुरेन्द्र गिरीलाई शुक्रवार पक्राउ गरेका हो। गिरीलाई अस्थायी प्रहरी पोष्ट पाण्डुसैन बाजुराबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको जनाएको छ। उनलाई प्रहरीले अदालत समक्ष पेश गरिसकेको बताएको छ।