सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० चैत्र २, ०८:१२

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेक पोष्टबाट पाँच सय मिलिग्राम लागु औषधसहित एक जना पक्राउ परेका हुन्।

नेपाल प्रहरीका अनुसार जानकी गाउँपालिका–९ का २३ वर्षीय नैन सिंह साउँद पक्राउ परेका हुन्। उनलाई प्रहरीले बिहिवार साँझ पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका साउँदलाई लागु औषधसहित पक्राउ गरेको छ।

 

कमेन्ट लोड गर्नुस