कञ्चनपुरबाट लाखौँ मुल्यको अवैध सामान बरामद
२०८० फाल्गुन ३०, १०:५२
कञ्चनपुरः कञ्चनपुरबाट लाखौँ मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–१० गज्जरबाट अन्दाजी एक लाख २२ हजार ४५० मुल्य बराबरका लाईट, फलामको बुस, हतौडा, जक्सन, ताल्चा, मोटर लगायत हार्डवयरका सामान बेवारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय पठाएको छ।
कमेन्ट लोड गर्नुस