कञ्चनपुरबाट करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८० फाल्गुन ३०, १०:५०
कञ्चनपुरः कञ्चनपुरबाट बुधवार जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
कृष्णपुर नगरपालिका–४ का शिवायसिंह रानालाई गुलरीयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। राना २०७८ चैत ७ गते देखि फरार रहेको थिए।
उनलाई अदालतले जबरजस्ती करणी मुद्दामा दुई महिना १९ दिन कैद सजाय सुनाएको थियो। उनलाई सजाय भुक्तानको लागी कारागार चलान गरिएको छ।
कमेन्ट लोड गर्नुस