सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार ऐडीले गरे स्वर्गीय आमाको पुण्यतिथिमा भोजनदान

२०८० फाल्गुन २९, ०२:०६ खबर संवाददाता

धनगढीः पत्रकार रमेश ऐडीले स्वर्गीय आमा बिस्नादेवी ऐडीको पुण्य तिथिको अवसरमा दृष्टि फाउन्डेसनमा भोजन दान गरेका छन्।

ऐडीले आज (मंगलबार) आमाको पुण्य तिथिमा दृष्टि फाउन्डेसनमा रहेका ६५ जना घरबारविहिन, बेसहारा महिला तथा बालबालिकालाई भोजन गराएका हुन्। धनगढी उपमहानगरपालिका–१९ घर भएका पत्रकार ऐडीकी आमाको २०७८ फागुन २९ गते करेन्ट लागेर मृत्यु भएको थियो। पत्रकार ऐडीले गत वर्ष पनि आमाको सम्झनामा मानव सेवा आश्रममा भोजन दान गरेका थिए।

पत्रकार ऐडीले पिता महावीर ऐडी, दिदी भावना ऐडी, भाई भुवन ऐडी र बहिनी रोसा ऐडीको तर्फबाट फाउन्डेसनमा उपस्थित भएर  १० हजार बराबरको भोजन दान गरेका छन्। उनले अनावश्यक खर्च गर्नुभन्दा मानव सेवाका लागि खर्च गर्दा शान्ति मिल्ने र अरुको जीवन बचाउन सहयोग पुग्ने भएकाले आमाको सम्झनामा यसैगरी हरेक वर्ष भोजन दान गर्ने बताए।

कमेन्ट लोड गर्नुस