सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १० किलोमिटर सडक क्षेत्रभित्र ‘स्मार्ट स्ट्रीट’ लाइट जडान सुरु

२०८० फाल्गुन २९, १२:११ कमल सावद

धनगढीः कैलालीको धनगढीमा १० किलोमिटर सडक क्षेत्रमा स्मार्ट स्ट्रीट लाइट जडान गर्ने काम सुरु भएको छ।

क्षेत्रीय सहरी विकास मार्फत धनगढीमा कालिका कन्ट्रक्सनले १० किलोमिटर सडक क्षेत्रमा लाइट जडान गर्ने काम सुरु गरेको छ। क्षेत्रीय सहरी विकास मार्फत कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको सडकमा लाइट जडानको सुरु भएको हो। सहरी विकासले १ सय ६० वाटमा लाइट जडानका लागि १६ महिनादेखि स्वीकृती नदिएकाले १ सय २० वाटका लाइट जडानको काम थालिएको हो।

६० वाटका बल्बको ठाउँमा कम्पनीले १ सय २० वाटका बल्क प्रयोग गर्ने भएको छ। क्षेत्रीय सहरी विकास अयोजना कार्यालय धनगढीका इन्जिनियर शौरभ कलौनीले भने, ‘केन्द्र पठाएको फाइल स्वीकृत भएको छैन। तर, निर्माण कम्पनीले ६० वाटको भुक्तानी दिने सर्तमा एक सय २० वाटका बल्ब प्रयोग गर्दैछ। निर्माण कम्पनीको तर्फबाट थप गरिएको हो।’

धनगढीमा क्षेत्रीय सहरी विकासले निर्माण थालेको सडकमा हाइमास्ट र स्मार्ट स्ट्रीट लाइट जडानको काम सुरु भएको छ। क्षेत्रीय सहरी विकासले धनगढीको १० किलोमिटर सडक क्षेत्रमा हाइमास्ट र स्मार्ट स्ट्रीट लाइट जडान गर्दैछ। विद्युतीकरण र हरियालीका लागि केन्द्र पठाइएको फाइल १६ महिनासम्म स्वीकृत नभएपछि १ सय २० वाटका बल्ब जडानको प्रक्रिया थालिएको छ। स्टीमेटमा भएको ६० वाटका बल्ब भने खारिज गरिएको छ।

धनगढी उपमहानगरपालिकाको आग्रहमा १ सय ६० वाटका बल्ब जडानका लागि केन्द्रमा स्वीकृतीका लागि पठाइएको फाइल अड्कीएको छ। स्वीकृती नपाएपछि निर्माण कम्पनीले नै काम अगाडी बढाएको हो। कालिका कन्स्टक्टनका प्रतिनिधि प्रकाश खरेलले केन्द्र पठाएको फाइल १६ महिनासम्म पनि स्वीकृत नभएकाले विद्युतको काम सुरु गरेको बताए। उनले भने, विद्युतको कुरा मिलेको छ।

काम सुरु भएको छ। तर, १६ महिनादेखि भेरियसन स्वीकृत भएको छैन।’ धनगढीमा सातवटा सडकको १० किलोमिटरमा एक दशमलव तीन किलोमिटर मुख्य सडक र मालपोत सडकमा ४० मिटर कालोपत्रको काम बाँकी छ। धनगढीका सातवटा सडकमा १५ वटा हाइमास्ट तथा १० किलोमिटर सडक क्षेत्रमा स्मार्ट स्ट्रीट १ सय २० वाट क्षमताका बल्बसहितको स्मार्ट स्ट्रीट लाइट जडानको काम सुरु गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस