गृहमन्त्री रवि लामिछाने प्रहरी हेडक्वार्टरमा
काठमाडौँ: उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका छन्। उनले नक्साल स्थित प्रहरी प्रधान कार्यालयको निरीक्षक गरेका हुन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्री भएका उनले प्रधान कार्यालयबाट देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डिआइजीहरूलाई निर्देशन सम्बोधन गर्दैछन्।
लामिछाने पहिलोपटक ११ पुस २०७९ मा गृहमन्त्री भएका थिए। फागुन २३ मा उनले दोस्रो पटक उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति हुन्।