सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित एक युवती पक्राउ

२०८० फाल्गुन २५, ०८:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन्। भीमदत्त नगरपालिका-१८ कटानबाट ०.२१ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित बेदकोट नगरपालिका-९ सिसैया बस्ने २८ वर्षीया रीतिका बमलाई बिहीवार राति प्रहरीले पक्राउ गरेको हो।

गोप्य सुचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बमको कोठामा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस