कैलालीबाट फरार प्रतिवादी धमाधम पक्राउ पर्दै, एकै दिन १३ जना पक्राउ
धनगढीः कैलालीबाट दिनहु धमाधम विभिन्न मुद्धामा फरार रहेका दोषीहरु पक्राउ पर्न थालेका छन्।
बुधवारमात्र एकै दिन विभिन्न मुद्धामा फरार रहेका १३ जना पक्राउ परेका छन्। चेक अनादर मुद्धामा एक हजार जरिवाना तोकी फरार रहेका टीकापुर नगरपालिका–१ का ३८ वर्षीय अभिषेक चौधरी, जुवातास मुद्धामा फरार रहेका टीकापुर–१ कै ४२ वर्षीय उदयबहादुर शाही पक्राउ परेका छन्। शाहीलाई दुई सय रुपैँया जरिवाना तोकीएको थियो।
लागुऔषध मुद्धामा फरार रहेका टीकापुर–८ का २३ वर्षीय सुरज बुढा, सोहि पालीकाको–९ का ४४ वर्षीय नारायण भुर्तेल, जानकी गाउँपालिका–२ का ३५ वर्षीय बालकृष्ण थारु पक्राउ परेका छन्। सुरजलाई एक हजार, नारयणलाई एक हजार २५० र बालकृष्णलाई एक महिना कैद एक हजार तीन सय जरिवाना तोकेको थियो।
यस्तै वन मुद्धामा फरार रहेका कैलारी गाउँपालिका–६ का २८ वर्षीय दिनेश चौधरी, टीकापुर–२ का ३४ वर्षीय भिमबहादुर आउजी पक्राउ परेका छन्। दिनेशलाई १७ हजार ५७० रुपैँया र भिमलाई ५९ हजार १३६ रुपैँया जरिवान तोकेको थियो। सजाय तोकेकै दिनबाटै फरार रहेका उनीहरुलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए।
पक्राउ परेकालाइै कारबाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ। बुधवार (आज) बिहान प्रहरीले विभिन्न मुद्धामा फरार रहेका छ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने यस अघि शुक्रवार ६ जना, आइतवार ३ जना र हिजो मंगलवार ६ जना पक्राउ परेका थिए।