बैतडीबाट अबैध सामानसहित दुई जना पक्राउ
कञ्चनपुरः कञ्चनपुर र कैलालीबाट अबैध सामान बरामद गरिएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट करिब १५ हजार मुल्यका अबैध बोइलर कुखुरा मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा बरामद गरेर नष्ट गरेको छ। त्यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका–७ खोचलेकबाट पनि प्रहरीले अबैध सामान बरामद गरेको छ।
भारतबाट भन्सार छलेर बोलेरो जिपमा ल्याउदै गरेको करिब १६ लाख ५७ हजार चार सय मुल्यको बिडी, चप्पल लगायत बोलेरो एक थान जिप र जिप चालक तथा सह–चालक गरि दुई जनालाई सोमबार राति प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।