सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्तव्य ज्यानका फरार प्रतिवादी पक्राउ

२०८० फाल्गुन २०, ०१:०५ खबर संवाददाता

काठमाण्डौँः कर्तव्य ज्यानका फरार एक जना प्रतिवादी पक्राउ परेका छन्।

भक्तपुर सुर्यविनायक नगरपालिका सिपाडोल बस्ने ३३ वर्षीय गोपाल ढकाल मृत्यु प्रकरणमा संलग्न एक जना पक्राउ परेका हुन्। ढकालकि श्रीमती रेनु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सुर्यविनायक जंगलमा दुई लाख रुपैयाँ लिएर आउनु भनी फोन आएको भन्दै पीडित रेनुले प्रहरी वृत जगातीमा निवेन दिएपछि प्रहरीले खोजीकार्य थालेको थियो।

खोजीकार्यको क्रममा यही फागन १० गते भक्तपुर सुर्यविनायक नगरपालिका–८ स्थित रोधन्न वस्नेतको गोठमा गोपाल मृत अवस्थामा फेला परेका थिए। अनुसन्धान गर्दै जाँदा भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका प्रेमबहादुर सुवालको छोरा २९ वर्षीय सन्तोष सुवाल सो घटनामा संलग्न भएर फरार रहेको खुल्न आएको थियो। उनको खोजीकार्य गर्दै जाँदा काभ्रेपलाञ्चोक मण्डल देउपुर नगरपालिका–६ बाट हिजो (शनिबार) उनलाई मृतकको मोबाइलसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

कमेन्ट लोड गर्नुस