कञ्चनपुरबाट एक लाख २४ हजारका अवैध सामान बरामद
२०८० फाल्गुन २०, ०८:२२
धनगढीः कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ विद्युत् कार्यालय र भुजेलाबाट अवैध भन्सार छलीको सामान बरामद गरिएको हो।
कञ्चनपुर प्रहरीले एक लाख २४ हजारको प्याज, चिनी, मिस्री गुड, मिभाई, तेल, सुट, चकलेट, पानीपुरी, किराना तथा हार्डवेयरका सामान बरामद भएको छ। प्रहरीले भन्सार छलीको सामान गड्डाचौकी भन्सार कार्यालय बुझाएको छ।
कमेन्ट लोड गर्नुस