सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट दुई थान मोटरसाइकलसहित अवैध सामान बरामद

२०८० फाल्गुन १७, ०६:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट बुधवार दुई थान मोटरसाइकल र भन्सारछलीको अवैध सामान बरामद गरिएको छ।

बेलौरी नगरपालिका–६ भुराकाटबाट भन्सार छलिका करिब एक लाख २६ हजार मुल्य बराबरका चिनी, तोरी बरामद गरिएको छ।

साथै भन्सार छलिको सामानसहित दुई थान मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। बरामद गरीएको सामान कारबाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस