सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कैलाली अधिवेशनको मतगणना राति ११ बजेबाट हुने 

२०८० फाल्गुन ११, ०९:५९ खबर संवाददाता

धनगढीः नेकपा एमाले कैलाली जिल्ला नेतृत्वको लागि भएको निर्वाचनको मतगणना आज राति ११ बजे देखी सुरु हुने भएको छ।

आज (शुक्रवार) बिहान ८ः३० बजे देखी सुरु भएको मतदान केही बेर अघि सकिएको थियो।  ५७८ जनाले मतदान गरे।  यहाँ ५९१ जना प्रतिनिधि रहेका थिए। अहिले ११ बजे देखी मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन्। उपाध्यक्षमा  गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन्। यस्तै सचिव, उपसचिव र महिला उपसचिवकमा पनि धेरै जना उम्मेदवार रहेका छन्।

कमेन्ट लोड गर्नुस