एमाले कैलालीको मतदान स्थगित
धनगढीः कैलालीको सुखडमा जारी नेकपा एमाले कैलालीको नवौँ अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ।
निर्वाचन कमिटीले भोलि बिहान ८ बजे सम्मको लागि मतदान स्थगित गरिएको जनाएको छ। एमाले कैलालीमा त्रिपक्षीय भिडन्त हुने भएको छ।
अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन्। सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।