धनगढीका चार पसललाई प्लाष्टिक प्रयोग गरेवाफत जरिवाना
२०८० फाल्गुन ९, ०९:१७
धनगढीः धनगढीका चार पसललाई प्लाष्टिक प्रयोग गरेवाफत जरिवाना गरिएको छ।
धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले मंगलवार अनुगमनको क्रममा चार वटा पसलले प्लाष्टिक प्रयोग गरेको भेटाएपछि जरिवाना गरेको हो। पालिकाको नगर प्रहरीले ३ वटा पसललाई १ हजारका दरले र १ वटा पसललाई २ हजार रुपैयाँ जरिना गरेको उपमहानगरपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस