एकीकृत समाजवादीका प्रदेश सदस्य एमालेमा फर्किए
धनगढीः नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश कमिटी सदस्य खडक बम पुनः एमालेमा फर्किएका छन्।
आइतवार सुखडमा आयोजित एमाले सभा मार्फत उनी एमालेमा फर्किएका हुन्। एमालेबाट फुटेर अलग बसेर कम्युनिस्ट आन्दोलन सफल नहुने भन्दै उनले एमालेमा फर्किएको बताएका छन्।
बम गौरीगंगा क्षेत्रमा प्रभाब राख्ने नेता हुन्। सोही कार्यक्रममा एमाले अध्यक्ष केपीशर्मा ओलीको हातबाट माला लगाएर झन्डै ३ दर्जन बढि एमाले प्रबेश गरेको छन्।