सिर्जनसिल माविको बार्षिकोत्सव सम्पन्न
धनगढीः धनगढी–१३ स्थित सिर्जनसिल विद्या निकेतनको पहिलो बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरी सम्पन्न भएको छ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत तथा प्रबक्ता हेमराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममामा बरिष्ठ आयुर्वेद डाक्टर खगेन्द्र बम, धनगढी–१३ का कार्यवहाक अध्यक्ष हिरालाल राना, समाजसेवि छत्रराज जोशी, दिर्घराज भट्ट विशिष्ट अतिथी रहेका थिए। कार्यक्रममा प्रमुख अतिथी रहेका खड्काले गुणस्तरिय र आधुनिक शिक्षा अहिलेको आवश्यकता भएको बताए। उनले विश्वव्यापि रुपमा बालबालिकालाई प्रतिष्पर्धी बनाउन सकेमात्रै शैक्षिक संस्थाको दिगोपन हुने भन्दै सिर्जनसिल विद्या निकेतन परिवारलाई नविनतम शिक्षा प्रदान गर्न सुझाव दिए।
कार्यक्रममा बरिष्ठ आयूर्वेद डाक्टर खगेन्द्र बमले संस्थागत विकासका लागि पेशागत इमान्दारिता हुनु आवश्यक हुनेमा जोड दिए। ‘संस्थालाई सफल बनाउन त्यहाँ कार्यरत कर्मचारीको दक्षता संगै लगनसिलता र इमान्दारिता आवश्यक हुन्छ,’ बमले भने, ‘कर्मचारी इमान्दार भए संस्थाको भीजन सफल हुन्छ।’ डाक्टर बमले विद्यार्थीलाई सफल बनाउन विद्यालयमा पुस्तकालय स्थापना गर्न पनि सुझाव दिएका छन्। पुस्तकालयमा सफल व्यक्तिको जीवनीमा आधारित पुस्तक राख्न पनि उनले सुझाव दिए। सफलताका पुस्तक पढ्दा विद्यार्थीलाई सकारात्मक प्रेरणा प्राप्त हुने र उनिहरुले गलत कुरालाई त्यागेर योग्य नागरिक बन्न संघर्ष गर्न अभिप्रेरित हुन सक्ने उनले बताए।
समाजसेवि दिर्घराज भट्टले पनि विद्यार्थीलाई मौलिक ज्ञान दिन सुझाव दिए। पश्चिमा शिक्षामा जोड दिंदा नवयुवकहरु आफ्नो संस्कार र संस्कृतिलाई विर्सनथालेका भन्दै उनले संस्कार जोगाउन शैक्षिक संस्थाले भूमीका खेल्नुपर्नेमा जोड दिए। बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयले आयोजना गरेका अतिरिक्त क्रियापलापमा उत्कृष्ट भएका विद्यार्थीतथा कक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो।